नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘जीवनश्री सावधिक अमृत बीमालेख’ नामक नयाँ सावधिक बीमा योजना ल्याएको छ । पोखरामा भएको कम्पनीको चेयर पर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमालेख शुभारम्भ गरेकी हुन् ।बीमा अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बीमाङ्कको नौ प्रतिशतका दरले प्रत्येक वर्ष आयस्रोतको रूपमा उपलब्ध हुने यस बीमालेखबाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित बोनसले आफू र आफूमा आश्रित व्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने इन्स्योरेन्सले दाबी