ग्रामीण सडक व्यवस्थित नहुँदा जनतालाई दुख

उदयपुर,१७ जेठ। जिल्लाको पहाडी क्षेत्रका पालिका तथा गाउँ जोड्ने ग्रामीण सडक अहिलेसम्म पनि कालोपत्रे, ग्राभेल र व्यवस्थित हुन नसक्दा वर्षायाम सुरु भएसँगै स्थानीयवासीले समस्या भोग्दै आएका छन् । जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, बराह, ताम्लिछा, बासबोटे, माझखर्क तथा जाते जोड्ने ग्रामीण सडकहरु अहिलेसम्म पनि व्यवस्थित हुन नसक्दा पानी पर्नासाथ सडक हिलाम्मे हुने र भत्कने […]

सम्बन्धित सामग्री

ग्रामीण सडक व्यवस्थित नहुँदा यात्रा जोखिमपूर्ण

उदयपुर– उदयपुरको पहाडी गाउँपालिका क्षेत्रका ग्रामीण सडक व्यवस्थित नहुँदा यातायात सञ्चालन जोखिमपूर्ण बन्दै गएको छ भने सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।  रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे र डिल्लीबर माझखर्क सडक, लिम्चीङबुङ गाउँपालिकाको बाँसबोटे, माझखर्क, बलाम्ता, ताम्लीछाको सडकको अवस्था दयनीय भएकाले सवारी सञ्चालन गर्न जोखिम बढेको यातायात व्यवसायी बताउँछन् । यद्यपि उनीहरूले जोखिम […]

ग्रामीण सडक व्यवस्थित नहुँदा करोडौँंको बाँस दाउरामा परिणत

काठमाडौँ,२६ मँसिर । पहाडी तथा उत्तरी पहाडी क्षेत्रको ग्रामीण भेगमा उत्पादन भएका करोडौँ मूल्य पर्ने बाँस व्यवस्थित सडकको अभावमा अन्यत्र बिक्री गर्न समस्या हुँदा दाउरामा परिणत भएको छ । जिल्लाको मध्य पहाडी क्षेत्रको इनामे, बर्रे, माझखर्क, नामेटार र टाट्ने तथा उत्तरी पहाडी क्षेत्रको बाँसबोटे, ठानागाउँ, बलाम्ता र ताम्लिछा जाते क्षेत्रमा उत्पादन भएका करोडौँ मूल्यका बाँस […]

उदयपुरको पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति शुरु

असोज ३, उदयपुर । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिकास्थित वडा नं ६ को धार्मिक पर्यटकीयस्थल रौता पोखरी जोड्ने ग्रामीण सडक र रौता क्षेत्रको भौतिक पूर्वाधार व्यवस्थापन गर्ने कार्य शुरु गरिएको छ । गाईघाट मुर्कुची बजारदेखि पुवारे भञ्ज्याङ हुँदै रौता पोखरीसम्म जोड्ने ग्रामीण सडकलाई अब स्तरोन्नतिका लागि ग्राभेलिङसमेत गरेर रौतासम्म जोड्ने ग्रामीण सडक व्यवस्थित तथा स्तरोन्नति गर्न लागिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्का बताउँछन् । तीन वर्षअघि प्रदेश नं १ सरकार र गाउँपालिकाको बजेटमा मुर्कुची पुवारे भन्ज्याङ हुँदै रौता पोखरी क्षेत्रसम्म जोड्ने कच्ची सडक निर्माण गरिएको र अब दशैंँ पछाडिदेखि तत्काल नै सो सडक स्तरोन्नति र ग्राभेलिङ गर्दै लैजाने योजना शुरु गरिएको पालिकाका अध्यक्ष खडकाले बताए । यसका लागि प्रदेश सरकारको सहयोग र गाउँपालिकासहितको बजेटबाट शुरु गरिन लागेको पनि सो पालिकाका अध्यक्ष खड्का बताउँछन् । प्रदेशसभा सदस्य नारायण बुर्जा मगरका अनुसार मुर्कुची पुवारे रौता जोड्ने ग्रामीण सडक पुनर्निर्माण तथा ग्राभेलिङको लागि आफ्नो पहलमा प्रदेश सरकारबाट केही बजेट व्यवस्थापन भइसकेको र गाउँपालिकासहितको बजेटमा अब ग्रामीण सडक सुधारको काम शुरु हुने बताए । जिल्लाकै महत्वपूर्ण धार्मिकस्थलका रुपमा रहेको रौता पोखरी क्षेत्रमा यस पटकदेखि नै पोखरी क्षेत्रसम्म नै विद्युत् विस्तार गरिन लागेको र रौता पोखरीक्षेत्र परिसरमा घुम्न आउने पर्यटकका लागि विश्राम गृहसहित विद्युतसमेत व्यवस्था गरिने योजना शुरु गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरी बताउँछन् । रौता पर्यटन विकासका लागि १० वर्षीय बृहत गुरुयोजना बनाएर जिल्लाका आठ ओटै पालिकाको आर्थिक सहयोगमा गुरुयोजना सञ्चालन भइरहेको कारण चार वर्षभित्र नै रौता पर्यटकीयस्थलमा सडक व्यवस्थापन, खानेपानी, सवारी पार्किङ, विश्राम गृह, जस्ता पूर्वाधार तयारी भइसकेको सो गाउँपालिकाले जानकारी दिएको छ । सदरमुकाम गाईघाट बजार हुँदै त्रियुगा नगरपालिकाको बेलदोभानबाट रौता पोखरीसम्म जोड्ने १९ किलोमिटर लामो केबुलकारसमेत जोड्ने कार्य शुरु हुन लागेको गाउँपालिकाले बताएको छ ।  त्रियुगाका नगर प्रमुख बलदेव चौधरीका अनुसार रौता जिल्लाको नै महत्वपूर्ण धार्मिकस्थल भएका कारण आफ्नै नेतृत्वमा तीन पटकसम्म सर्वे भएर जिल्ला सदरमुकाम गाईघाट बेलदोभान हुँदै रौता जोड्ने केबलकारको डिपिआरसमेत तयार भइसकेका कारण अब यस पटकबाट केबलकार जडानको कार्य शुरु हुन लागेको प्रमुख चौधरीले बताए । झण्डै रू. १० अर्ब लगानी लाग्ने केबलकार जडान कार्य गर्न जिल्ला बाहिरका विभिन्न कम्पनी तथा लगानीकर्ताबाट ६० प्रतिशत लगानी र आठ ओटै पालिका तथा निजी क्षेत्रबाटसमेत गरेर ४० प्रतिशतको लगानीमा केबकार निर्माणकार्य शुरु हुन लागेको प्रमुख चौधरीले जानकारी दिए । रौता पर्यटन विकासको गुरुयोजनाअनुसार दुई वर्षसम्म कोभिड–१९ संक्रमणका कारण धेरै काम रोकिन पुगे पनि यस पटकदेखि तीव्र रुपमा विकासका काम अगाडि बढाउन लागिएको गाउँपालिकाले बताएको छ । रासस