कपिलवस्तु : माओवादी केन्द्रका नेता पाण्डे हत्या प्रकरणमा श्रीमतीसहित १० जना पक्राउ

कपिलवस्तु – नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरी कारबाही प्रक्रियाअघि बढाएको छ ।  नेता पाण्डेको हत्यामा उहाँकै श्रीमतीको मुख्य भूमिका रहेको प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताउनुभयो । उहाँकी पत्नी महिमा पाण्डेले गएको दुई तीन वर्षदेखि पति दीपक पाण्डेको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । मृतक पाण्डेकी पत्नीसँग अनैतिक सम्बन्ध भएका कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओमप्रकाश यादवसहित १० जनाको समूहको संलग्नतामा हत्या भएको प्रहरीले आज पत्...