आफ्नो अक्षमता लुकाउन अर्थमन्त्री गर्भनर माथि जाइ लाग्ने गोकुल बास्कोटाको टिप्पणी

काठमाडौं, २५ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पुर्व मन्त्री गोकुल बास्कोटाले गठबन्धन सरकार गर्भनर हटाउने खेलमा लागेको बताएका छन् । सामाजिक सञ्जालमा ट्विट गर्दै बास्कोटाले यो सरकारले आफ्नो असफलता लुकाउन राष्ट्र बैंकका गर्भनर हटाउन लागेको टिप्पणी गरेका हुन् । नेता बास्कोटाले अर्थमन्त्री जनार्दन शर्माले आफ्नो अक्षमता लुकाउन गर्भनरमाथि जाई लागेको […]

सम्बन्धित सामग्री

अर्थमन्त्री र गभर्नरबीच ‘कानेखुशी’

करिब करिब संवादहिनताको अवस्थामा रहेका अर्थमन्त्री र गर्भनरबीच आज औपचारिक कार्यक्रममै कानेखुशी भएको छ । आज निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औं वार्षिकोत्सवमा अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कानुखुशी गरेपछि सम्बन्ध सुधार भएको अनुमान गरिएको छ । कार्यक्रममा अर्थमन्त्री शर्मा र गभर्नर अधिकारी एउटै सोफामा बसेका थिए । उनीहरुबीच लामो समय कुराकानी चल्यो । अर्थमन्त्री र गर्भनरबीच सम्बन्ध राम्रो मानिँदैनथ्यो । गर्भनर हटाउन अर्थमन्त्री शर्माले मन्त्रिपरिषदबाट गराएको निर्णय अदालतले उल्ट्याइदिएपछि शर्मा नैतिक संकटमा परेका थिए । यस बीचमा अर्थ र वाणिज्यका आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप गर्भनरमाथि लाग्ने गरेको थियो । सेयर बजारमा पनि अनावश्यक रुपमा राष्ट्र बैंक हाबी भएको भन्दै आलोचना हुँदै आएको छ । तर, तिक्ततापूर्ण सम्बन्धमा रहेका भनिएका अर्थमन्त्री शर्मा र गर्भनर अधिकारी आज एउटै मञ्चमा बसेर लामो समय कानेखुशी गरेपछि कार्यक्रममा सहभागी सबै चकित भएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औं वार्षिकोत्सवको प्रमुख अतिथि अर्थमन्त्री शर्मा र विशेष अतिथि गभर्नर अधिकारी छन् । वार्षिकोत्सव कार्यक्रम प्रदर्शनमार्गस्थित राष्ट्रिय सभामा जारी छ ।