काठमाण्डाै – मधेश प्रदेशमा राष्ट्रिय सभा चुनावका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेको छ ।बिहीवार नेकपा एमाले र लोसपाले संयुक्त रुपमा एक पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय सभा चुनावका लागि गठबन्धन गरिएको जानकारी दिएको हो । यी दुई दलबिच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ ।कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेशको विकासको लागि काम गरेको बताउनु भयो । उहाँले लोसपासँग मिले...