आज सेयर कारोबार नहुने, यस्तो छ कारण

बिहीबार धितोपत्र (सेयर बजार) मा कुनै कारोबार हुने छैन । किनकी यस दिन हिन्दु धर्मालम्वीहरुको महान चाड दशैंको पहिलो दिन अर्थात् घटस्थापना हो ।  सरकारले घटस्थापनाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सोही कारण यसदिन सेयर बजार पनि बन्द रहनेछ ।आज सेयर कारोबारका लागि साताको अन्तिम कारोबार दिन समेत रहेकाले अब एकैपटक आइतबार मात्र बजार खुल्नेछ ।  गत बुधबार नेप्से सूचक ६८.४७ अंकले बढेर २६ सय ८१.१० बिन्दुमा अडिएको छ । जसमा ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।