नवनिर्वाचित एन्फा अध्यक्ष पंकजले सम्हाले पदभार

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले पदभार सम्हालेका छन् । बुधवार अपराह्न सातदोबाटोस्थित एन्फा कार्यालय पुगेर पंकजले पदभार सम्हाले । एन्फाका निवर्तमान महासचिव इन्द्रमान तुलाधरलगायतले माइन्युट बुक नवनिर्वाचित कमिटीलाई हस्तान्तरण गरेका थिए । सोमबार सम्पन्न निर्वाचनमा पंकजले कर्मा छिरिङ शेर्पालाई ६ भोट अन्तरले पराजित गरेका थिए । कर्मा निवर्तमान अध्यक्ष […]