तस्वीरमा सुडान युद्ध

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)  र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन् भने एक हजार सय जना घाइते भएका छन्।सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको जारी द्वन्द्वले देशलाई गभ्भीर अराजकतातर्फ धकेलेको छ। भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन् भने सहायताका काममा अवरोध उत्पन्न भएको छ। विश्वका विभ

सम्बन्धित सामग्री

सुडान युद्ध : शव व्यवस्थापनमै समस्या

सुडानको राजधानी खार्तुमको मुल सडकमा दुई साता भएको युद्धका कारण त्यहाँ बसोबास गर्ने नागरिकले कहिल्यै पनि नसहेको दुःख सहनु परेको छ। सडकपेटीमा छरपस्ट भएका शवका कारण उनीहरू हैरान भइसकेका छन्। स्थिति साँच्चै अत्यासलाग्दो छ। ‘तीन जनालाई त मैले घर भित्र नै लगेर गाडेँ। यत्ति मात्र होइन केहीलाई सडकको छेउमा व्यवस्थापन गरेका छौं’, स्थानीय ओमार नाम […]

सुडान युद्ध र आप्रवासीको कथा

दु:ख, कष्ट र वेदनाको अर्को नाम बनेको छ अफ्रिकी महादेश। भूगोलमा त्यसै ‘अँध्यारो महादेश’ भनेर नामकरण गरिएको होइन होला। न्यून आय, रोग र भोकमरी धेरै अफ्रिकी महादेशका विशेषता बनेका छन्। पछिल्लो दशक गृह युद्धको चपेटामा परेपछि त धेरै अफ्रिकी देशको हालत वर्णन गर्न लायक नै छैन। त्यस्तै कहाली लाग्दो र अत्यासलाग्दो अवस्था छ, सुडानको। पालीयोच […]

सुडान युद्ध र आवश्यक समझदारी

सुडानको राजधानी खार्तुम, युद्धले भयावह भएको स्थान। त्यसै स्थानमा अहिले अमेरिका र साउदी अरेबियाका लडाकु पक्षबीचमा युद्धविरामको पहल भएको छ। सुडानका विज्ञ एलेक्स डी वालका अनुसार यो अल्पकालीन तथा आपत्कालीन समाधानको बाटो मात्र हुन सक्छ। तथापि यो एउटा महत्त्वपूर्ण सङ्केत भएको कुरा नकार्न मिल्दैन। यसबाट सुडानमा युद्धविरामको नयाँ बाटो पनि तय हुनसक्ने छ। अमेरिकी र […]

सुडान युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायको आह्वान

काठमाडौं – सुडानमा जारी युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेको छ। इद पर्व नजिकिएसँगे सुडानमा जारी सैनिक र अर्धसैनिकबीचको युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेका हुन्। मुस्लिम समुदायको मुख्य पर्व इद उल फित्र शुक्रबारदेखि तीन दिनसम्म मनाइन्छ। सुडानको युद्ध रोक्न अमेरिका, दक्षिण सुडान, टर्की, साउदी अरब, कतालगायत देशका नेताले आह्वान गरेका हुन्। संयुक्त राष्ट्रसङ्घका महासचिव […]