काठमाण्डौ – रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षामा कोरियाको मागभन्दा पनि कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।
कोरिया सरकारले कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ जना श्रमिकले लैजाने गरी माग पठाएको भए पनि भाषा परीक्षामा जम्मा १८ सय ९ जना मात्र उत्तीर्ण भएका हुन् ।
वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार गएको जेठ १९ गतेदेखि असार ३ गतेसम्म भएको कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षा दिए...