काठमाडौँ – नेपाल क्रिकेट संघ–क्यानले ज्ञानेन्द्र मल्लसहितका खेलाडीलाई अनुशासनको कारवाही गरेपछिको विवादका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण प्रभावित भएको छ। निर्धारित कार्यतालिकाअनुसार मंगलबारदेखि पोखरामा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण हुनुपर्ने थियो। तर मल्लसहितका खेलाडीमाथि क्यानले गरेका कारवाहीका कारण उत्पन्न विवादले प्रशिक्षण प्रभावित भएको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षक पुबुदु दासानायके आइनपुगेकाले निर्धारित समयमा […]