सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

सिद्धार्थ बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकले असार १० गतेदेखि ऋणपत्र बिक्रि खुला गरेकोमा छिटोमा असार १४ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो । असार १४ गतेसम्म पर्याप्त आवेदन नपरेपछि बैंकले ऋणपत्रमा आवेदन दिने म्याद थप भएको हो ।  अब लगानीकर्ताले  असार २४ गतेसम्म आवेदन दिन सक्ने छन्। यद्यपि असार २४ गते अगावै नै पर्याप्त आवेदन आएमा सार्वजनिक सूचना जारी गरेर असार २४ गते अगाडी नै ऋणपत्रको बिक्रि बन्द गरिने बैंकले जनाएको छ ।  सिद्धार्थले  १,००० अंकित दरको ४० लाख कित्ताले हुन आउने ४ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड बराबरको ऋणपत्र निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने र बाँकि १६ लाख कित्ता अर्थात् १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ ।  ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आवेदन दिंदा न्यनतम २५ कित्ता र अधिकतम १ लाख कित्ता सम्मको लागि आवेदन दिन सकिने छ  । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.७५  प्रतिशत ब्याज प्रदान गर्ने छ ।