काठमाडौं । नेपाली कांग्रेसले एमसीसी सबैको समर्थनमा लागु हुने बताएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।
“जुन स्प्रिटमा संसद्बाट एमसीसी पास गरेउ त्यही स्प्रिटमा लागु हुनेछ । नेपालको संविधान कानुनअनुसार यो सम्पन्न हुनेछ,” महतले भने, “व्याख्यात्मक घोषणामा हाम्रो बुझाइ र परियोजनामा समानता छ...