काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाहमात्रै भएको बताउनुभएको छ ।
मङ्गलवार मन्त्रिपरिषद् बैठककाे निर्णय सुनाउने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै अफवाहमात्रै फैलाएकाे बताउनुभयो । उहाँले वर्तमान सरकार देशमा सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार अघि बढिरहेको दाबी पनि गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘सरकार ढल्ने हल्ला मैले सुनेको छैन । सरकार ढल्नुपर्ने कारण केही छैन । सरकार राम्रोसँग चलिर...