गोर्खाली पाराको खेलबाट सन्तुष्ट छु : अलमुताइरी

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँगको खेलमा नेपाली खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन् । अस्ट्रेलियासँग ३–० गोलले पराजित भए पनि खेलको स्तर सुधारिएको अलमुताइरीको भनाइ छ । ‘गोर्खालीले अन्तिमसम्म फाइट गरे, म खेलाडीहरुको प्रदर्शनसँग खुशी छु, गोर्खाली उपनाम जस्तै खेलाडीले पनि बहादुरीका साथ खेले’ अलमुताइरीले भने । खेलको अन्तिम मिनेटसम्म पनि नेपाली खेलाडीले उत्तिकै आत्मविश्वासका साथ खेलेको देख्दा नेपाली युवा टोलीले भविष्यमा धेरै र...