मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु भएको छ । जसपाका सरोजकुमार यादवको नेतृत्वको मधेश सरकारबाट एमाले र माओवादी बाहिरिएपछि एमाले, माओवादीको मूल नेतृत्व जनमतलाई मुख्यमन्त्री दिएर केन्द्रीय समीकरण अनुसार मधेश सरकार बनाउने गृहकार्यमा लागेका हुन् ।