सार्वजनिक शिक्षा सुधार गर्ने मन्त्रीको प्रतिवद्धता

काठमाडौँ– शिक्षामन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षालाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सत्ता गठबन्धन सम्वद्ध पाँच विद्यार्थी संगठनले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले पहिलो प्राथमिकता सार्वजनिक शिक्षालाई दिने बताए । उनले छोटो समयमा धेरै काम गर्न नसके पनि आफ्नो कार्यकालमा सार्वजनिक शिक्षालाई केही परिवर्तन गरेर देखाउने जनाए । मन्त्री […]