अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री एन्थनी अल्बानीजले चीनसँगको सम्बन्ध ‘अप्ठ्यारो स्थितिमा’ रहने बताएका छन् । क्वाड देशको बैठकमा भाग लिन टोकियो प्रस्थान गर्नुअघि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।क्वाड समूहका शीर्ष नेताहरु अष्ट्रेलिया, भारत, जापान र अमेरिकाको बैठक टोकियोमा हुने भएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार अल्बानीजले भने, ‘चीन परिवर्तन भएको छ, अष्ट्रेलिया होइन र अष्ट्रेलियाले सधैं आफ्नो मूल्यमान्यताको सम्मान गरेको छ र मेरो अगुवाइको सरकारमा पनि यो अघि बढ्न जारी रहन