विदेशी टोलीद्वारा शुक्लाफाँटामा दुर्लभ सानो खैरो गिद्धको अध्ययन

कञ्चनपुर : विदेशी टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको वरपरको क्षेत्रमा विश्वमै दुर्लभ रहेको सानो खैरो गिद्धको अध्ययन गरेको छ। शुक्लाफाँटा नगरपालिका–३ मा आएको विदेशी टोली दुई दिन गिद्धको अध्ययन गरेको थियो।सानो खैरो गिद्धको बासस्थान, आहारा र संख्याबारे अनुसन्धान गर्न जर्मनीका ट्रोस्टेन प्रोहेल र क्याट्रिन प्रोहेलसहित चितवन राष्ट्रिय निकुञ्ज सौराहका नेचर गाइड नारायण महतोको टोली आएका थिए। टोली बिहीबार फर्किएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड सुमन चौधरीले बताए। ‘अ