काठमाडौँ। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक बोलाएको छ ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाएका हुन् । आज (बुधवार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूलगायत विषयमा छलफल हुनेछ । […]