कात्तिक १८ गतेअघि घरदैलो बाहेकका प्रचारप्रसार नगर्न आयोगको चेतावनी

काठमाडौँ – निर्वाचन आयोगले कात्तिक १८ गतेअघि घरदैलो बाहेकका चुनावी प्रचार–प्रसारका लागि अरु काम नगर्न चेतावनी दिएको छ। निर्वाचन आचारसंहिताले मतदानको १७ दिन अघिदेखि मात्रै प्रचार–प्रसारका लागि समय दिएको स्मरण गराउँदै आयुक्त रामप्रसाद भण्डारीले उल्लंघन गरेमा उम्मेदवारी खारेजीसम्मको कारबाही हुने बताए। उनले कात्तिक १८ गतेअघि कोणसभा, आमसभा, गोष्ठी सेमिनारजस्ता कुनै पनि काम गर्न आग्रह गरे। […]