खुकुरी प्रहारको घटनामा संलग्न रहेको आरोपमा उपमेयरका उम्मेदवार पक्राउ

दाङ – दाङको तुलसीपुरमा गएराति भएको खुकुरी प्रहारको घटनामा संलग्न रहेको आरोपमा उपमेयरका उम्मेदवार पक्राउ  परेका छन् । खुकुरी प्रहार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्रबाट उमपेयर पदका उम्मेदवार ४६ वर्षका सुशील गन्धर्वलाई प्रहरीले पक्राउ गरेको हाे । त्यसैगरी घटनामा संलग्न रहेको आरोप लागेका सुशीलका छोरा २४ वर्षका सुमन नेपाली, २० वर्षका सुदन नेपाली फरार रहेको प्रहरीले बताएको छ । स्थानीयको पूजामा नाँच हेर्न गएका युवाहरुबीच भएको सामान्य विवादले ठूलो रुप लिएको थियो । खुकुरी प्रहारबाट ...

सम्बन्धित सामग्री

सिन्धुपाल्चाेक : खुकुरी प्रहार गरेकाे आराेपमा वडाध्यक्षका उम्मेदवार पक्राउ

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकमा खुकरी प्रहार गरेको आरोपमा वडाध्यक्षका एक उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । पाँचपोखरी थाङपाल गाउँपालिका ७ मा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका सुके तामाङलाई पक्राउ गरेको र खुकरी प्रहारमा संलग्न देवराज गुरुङको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । खुकरी प्रहारबाट घाइते भएका माओवादी केन्द्र निकट वाईसीएल नेपाल अन्तर्गत प्रचार प्रसार समितिका सदस्यहरू जीवन पुरी, विनोद गिरी र रोहित गिरीलाई उपचारका लागि काठमाण्डौको न्युरो...