एनआरएनए अफ्रिकाबाट तत्काल नेपालमा अक्सिजन आपूर्ती गर्न १२ लाख दिने

काठमाडौं। अफ्रिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय समितिले नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय निकाय, संघ सस्थासँग समन्वय गरी १२ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ। नवलपरासी र स्याङ्जामा साँढे तीन लाख बराबरको ५५० सिलिन्डर रिफिल गरी बुटवलबाट पठाउने, ३ लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउने जनाइएको छ। अफ्रिकी क्षेत्रको आजको बैठकले सो निर्णय गरेको हो।