पछिल्लो समय विदेशी लगानीकर्ताले डलरमा लाभांश लैजाने क्रम बढ्दै गएपछि वैदेशीक लगानीको सञ्चितिमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले आर्थिक वर्ष ०७५/०७६ मा नेपालमा रहेको वैदेशिक लगानी मौज्दात रकम ८.८ प्रतिशतले घटेर १ खर्ब ८२ अर्ब ९१ करोड ९६ लाखमा झरेको देखाएको छ । आर्थिक वर्ष ०७४/०७५ मा यस्तो रकम २ खर्ब रुपैयाँ भन्दा बढी थियो । सो आर्थिक वर्षमा २७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ लाभांशका रुपमा विदेशिएको छ । त्यो भन्दा अघिल्लो वर्ष ०७४/०७५ मा ३९ अर्ब ५३ करोड रुपैयाँ लाभांश वि