काठमाण्डौ – काठमाण्डाैको पुरानो बानेश्वरमा रहेको मात्रिका आँखा अस्पतालका डाक्टरसँग तीन करोड रुपैयाँ फिरौती माग्दै नक्कली बम राख्ने तीन जना पक्राउ परेका छन् ।
अस्पतालका डाक्टरसँग तीन करोड रुपैयाँ फिरौती माग्ने धादिङका आशिष कुँवर, अभिषेक कुँवर र रोल्पाका अम्मरबहादुर रोकालाई महानगरीय प्रहरी परिसर टेकुको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले तीन करोड रुपैयाँ नदिए घर र अस्पताल बमले ध्वस्त बनाउने धम्की दिँदै अस्पतालमा नक्कली बम समेत राखेका थिए । उनीहरूविरुद्ध आपराधिक लाभ मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहे...