समृद्धिको बाधक निराशावादी सोच

एउटा गिलासमा आधा मात्र पानी राखेर वरिपरि रहेकाहरूलाई सोध्दा एकथरिले आधा गिलास पानी भरिएको जबाफ दिन सक्छन् भने अर्काथरिले गिलास आधा खाली देखेको जबाफ दिन्छन् । मानिसहरूको सोचाइअनुसार एउटै परिस्थितिलाई हेर्ने दृष्टिकोण पनि फरक–फरक हुन्छ । आशावादी सोचले हरेक अवस्थालाई सकारात्मक ढङ्गले व्याख्या गर्न कोसिस गर्छ भने निराशावादी सोचले जुनसुकै परिस्थितिलाई पनि नकारात्मक तरिकाले वर्णन गर्न खोज्छ । वर्तमान परिप्रेक्ष्यमा विभिन्न राजनीतिक, आर्थिक एवम् सामाजिक मुद्दाहरूका विषयमा भएका विश्लेषणहरू हेर्दा हाम्रो मुलुकमा निराशावादी सोचकै बाहुल्य देखिन्छ । केही दिन पहिले नेपाल सरकारले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा ग¥यो । प्रधानमन्त्री केपी शर्मा ओलीले मासु, अन्डा, धूलो दूध र बटरमा मुलुक आत्मनिर्भर भएको बताउँदै कुनै न कुनै क्षेत्रमा हरेक दिन एक कदमअघि बढ्ने सरकारी नीतिअनुसार कृषि क्षेत्रमा नयाँ प्रगति गरिएको उल्लेख गर्नुभयो । विश्व खाद्य तथा कृषि सङ्गठनले प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध, १४ किलो मासु, ४८ वटा अन्डा उपभोगका लागि सिफारिस गरेको छ । हाल नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ७९ लिटर दूध, १८.१ किलो मासु, ६१ वटा अन्डा उपलब्धता भएको, प्रत्येक वर्ष पाँच लाखदेखि छ लाखको हाराहारीमा आयात हुने बाख्रा–खसी हाल ९७ प्रतिशतले घट्नुका साथै राँगाभैँसीको आयात दुई वर्षयता शून्य रहेको आधारमा यस क्षेत्रमा आत्मनिर्भर भएको दाबी गरिएको छ ।

सम्बन्धित सामग्री

‘पिक एण्ड ड्रप’ प्रणाली सुरक्षित यात्रामा बाधक

काठमाडौं । जनतालाई सुविधामाथि सुविधा थप्न महानगरको अवधारणा आएकोे हो । तर अधिकांश महानगरको सोच सुविधा कम, कर बढाउने प्रतिस्पर्धामा केन्द्रित हुने गरेको छ । हुँदाहुँदा वर्षौंदेखि रत्नपार्कमा रहेको बसपार्क अस्तित्वविहीन मात्र बनाइएको छैन, पिक एण्ड ड्रपको हतारोले सेवाग्राहीलाई पर्नु मर्का परेको छ । २०७१ सालमा २ वर्षमा सम्पन्न हुने गरी काठमाडौं महानगरपालिकाले काठमाडौंको पुरानो […]

दिगो विकास लक्ष्य प्राप्तिका लागि संविधान र कानुन संशोधन गर्न सुझाव

काठमाडौँ– राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले राज्यले गरेका प्रतिबद्धता पूरा गर्न बाधक कानुनको पहिचान गरी संशोधन र परिमार्जनसहित घोषणा गरेका कार्ययोजना खाका बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले संरचना, सोच र दृष्टिकोणका हिसाबले दिगो विकास लक्ष्यलाई सम्बोधन गर्न विद्यमान संविधान, ऐन, कानुन बाधक रहेकाले तालमेल हुने गरी संशोधन गर्न सुझाव दिएको […]

संस्कारसहितको शिक्षाका लागि सबैले गरौं पहल

आफूलाई अब्बल बनाउने सोच राख्नु मानवीय स्वभाव नै हो । आफ्नो उन्नति र प्रगति चाहनु प्राकृतिक नियम नै हो । तर किन हामी सबैले चाहेको, सोचेको प्राप्त हुँदैन त ? यसको बाधक के हो ? कसरी हटाउने हो ? यस सम्बन्धमा मेरो आफ्नै भोगाइ छ । म पहिलो पटक कक्षा ११ को पढाइका लागि काठमाडौं […]

हाम्रो विकासका बाधक पक्ष

सोच बदलौं । गलत संस्कार बदलौं । आफू बदलिएर अरूलाई बदलिन प्रेरित गरौं । फेरि पनि मार्टिन लुथर किडले भनेजस्तै जसरी पनि अगाडि बढ्नुबाहेक अर्को विकल्प छंदैछैन । जसका लागि ती देशहरूले जस्तै विधिलाई बलियो बनाऔं । अनि हामीले प्रवृत्ति पनि परिवर्तन गरौं ।...