अन्तर्राष्ट्रियस्तरको विद्युत् वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माणाधीन

नेपाल विद्युत् प्राधिकरणले सेवालाई अत्याधुनिक सूचना प्रविधिको भरपुर प्रयोग गरी कागजरहित बनाउने उद्देश्यका साथ आफ्ना गतिविधि केन्द्रित गरेको छ । प्राधिकरणले सेवालाई सहज, सर्वसुलभ, प्रभावकारी बनाउने लक्ष्यका साथ  ‘डिजिटल एनइए’ अवधारणामार्फत काम गरिरहेको छ ।प्राधिकरणले विद्युत् वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्रको निर्माण अन्तिम चरणमा पुगाएको छ । प्राधिकरणले उपत्यकामा जडान गरिरहेको स्मार्ट मिटरको सहज सञ्चालनका लागि पनि त