जिल्ला प्रशासन कार्यालयको निर्देशनको बेवास्ता गर्दै महोत्सव

बागलुङ । बागलुङमा जिल्ला प्रशासन कार्यालयको निर्देशनलाई बेवास्ता गर्दै महोत्सव सञ्चालन भइरहेको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले सभा, सम्मेलन, मेला र महोत्सव गर्न रोक लगाए पनि जिल्लाका विभिन्न ठाउँहरुमा प्रशासनको निर्देशनलाई बेवास्ता गर्दै हजारौंको भीडभाडमा महोत्सव सञ्चालन भइरहेको हो । प्रशासनको निर्देशनप्रति उदासिन बनेका स्थानीय सरकारका प्रमुख नै कार्यक्रममा […]

सम्बन्धित सामग्री

प्रशासनको आग्रह बेवास्ता गर्दै मेला महोत्सव

जिल्ला प्रशासन कार्यालय लमजुङको आग्रहलाई लमजुङका सरोकारवालाले बेवास्ता गरेका छन् । प्रशासन कार्यालयले मेला महोत्सव तथा जमघटजस्ता कार्यक्रम आयोजना नगर्न आग्रह गरे पनि सो आग्रहलाई जिल्लाका केही जिम्मेवार निकायले नै अवज्ञा गरेका हुन् । जिल्ला प्रशासन कार्यालय लमजुङले केन्द्रीय परिपत्रअनुसार गत बुधबार अनिश्चित समयसम्म जिल्लामा कुनै पनि मेला महोत्सव, सेमिनार गोष्ठी, वार्षिकोत्सवजस्ता सामूहिक जमघट, भेलालगायतका कार्यक्रम नगर्न तथा नगराउन ह्विप जारी गरेको हो । तर प्रशासनको सूचनालाई बेवास्ता गर्दै जिल्लामा फरक–फरक तीनवटा महोत्सव भएको पाइएको छ ।