काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली जनताको अभिभावक भएको दाबी गरेका छन्। चुनावी तयारीबारे एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरे। उनले भने, ‘जनताको अभिभावक केपी ओली नै हुन्। त्यसैले हामीले उहाँलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका छौँ। हामीले एकल बहुमतको अपेक्षा गरेका छौँ।’उनले हिंसा पीडित नागरिकलाई भएको समस्या समाधानका लागि ओलीले नै भूमिका खेलेको दाब