लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संसदीय दलको बैठक सुरु भएको छ ।सिंहदरवारस्थित लोसपाको संसदीय दलको कार्यालयमा बैठक सुरु भएको सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठकमा संसदीय दलको नेता, एमसीसीलगायतको विषयमा छलफल हुने बताइएको छ । लोसपा एमसीसीको पक्षमा रहेको छ । सर्वदलीय बैठकमा पनि लोसपाले एमसीसी पास हुनुपर्ने धारणा राखेको थियो । जनता समाजवादी पार्टी नेपालबाट अलग भएपछि गठन भएको लोसपाको संसदीय दलको यो पहिलो बैठक हो ।