तनहुँको ऋषिङ गाउँपालिका–१ काहुँ शिवपुरमा सेती नदीमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको समग्र भौतिक प्रगति ४३ प्रतिशत भएको छ । प्याकेज १, प्याकेज २ र प्याकेज ३ गरी ३ चरणमा वर्गीकरण गरी निर्माण कार्य हुँदै आएको आयोजनाको करिब ४०.२ प्रतिशत आर्थिक प्रगति भएको जनाइएको छ ।