काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ऊर्जा र स्वास्थ्यसम्बन्धी प्रदर्शनी एकसाथ चलिरहेको छ । गत शुक्रवारबाट भृकुटीमण्डपमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तरराष्ट्रिय प्रदर्शनी’ र ‘नेपाल फर्मा एन्ड हेल्थ’ प्रदर्शनी शुरु भएको हो । प्रदर्शनीमा ऊर्जा र विद्युत, औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित स्टल राखिएका छन् ।
मिडिया स्पेस सोलुसन्स (एमएसएस), एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (ईटीएसआईपीएल) र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालिको संयोजकत्वमा आयोजना भएको हो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल राखिएको आयोजकले जनाएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय ऊर्जा र विद्युत्सँग सम्बन्धित प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स (एमएसएस)का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालिको...
आगामी माघ ६ देखि माघ ८ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनीस्थलमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी’ नामक विद्युतीय र उर्जासँग सम्बन्धित प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स (एमएसएस), एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (ईटीएसआईपीएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना हुन लागेको यो प्रदर्शनी नेपालको पहिलो, एकमात्र र सबैभन्दा बृहत् […]