नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्‍यो, ब्याज दर ८ प्रतिशत, सात वर्षमा परिपक्व हुने

काठमाडौं। नबिल बैंकले आजबाट ऋणपत्र जारी गरेको छ। बैंकले छिटोमा साउन १३ गतेसम्म ऋणपत्र बिक्री गर्ने छ। ढिलोमा २४ गतेसम्म

सम्बन्धित सामग्री

अग्राधिकार शेयरमा साक्षरता आवश्यक

नबिल बैंकले पूँजी कोषमा दबाब परेपछि त्यसमा सन्तुलन ल्याउन अग्राधिकार शेयर विक्री गर्ने निर्णय गरेको छ । पूँजी बजारमा लगानीका नयाँनयाँ उपकरण आउन आवश्यक छ जसले गर्दा थोरै पूँजी भएका व्यक्तिले विभिन्न खाले उपकरणमार्फत लगानी गर्न पाउँछन् । निकै जोखिम लिन चाहनेहरूले शेयरमा लगानी गर्छन् भने अलिक जोखिम कम लिनेले म्युच्युअल फन्डमा । आफूसँग भएको पैसा त्यतिकै राखिराख्ने हो वा मुद्दती खातामा मात्रै राख्ने हो भने त्यसको क्रयशक्ति घट्दै जान्छ । अर्थात् मुद्रास्फीतिका कारण त्यसको क्रयक्षमता कम हुन्छ । आफूसँग भएको १ सय रुपैयाँ यतिकै राख्ने हो भने अर्को वर्ष त्यो सय रुपैयाँले अघिल्लो वर्षको सामान किन्न पुग्दैन । मुद्रास्फीति ७ प्रतिशतको हाराहारी मान्दा १ वर्षमा सय रुपैयाँको सामानको मूल्य ७ रुपैयाँ बढिसकेको हुन्छ । त्यसैले यसलाई मिलाउन कुनै न कुनै उपकरणमा लगानी गर्नु उपयुक्त हुन्छ । यो वित्तीय साक्षरताको पाटो हो । सानोसानो पूँजी लगानीका लागि बजारमा विभिन्न उपकरण उपलब्ध छन् । नबिल बैंकले अहिले ल्याउन लागेको अग्राधिकार शेयर त्यस्तै उपकरण हो । यसमा उसले मुनाफा भएको वर्ष ८ प्रतिशत मुनाफा दिने सुनिश्चित गरेको छ । साधारण शेयर र अग्राधिकार शेयरमा  के भिन्नता हुन्छ त ?  अग्राधिकार शेयर लाभांशमा पहिलो अधिकार राख्छ । यदि कम्पनी टाट पल्टियो भने अग्राधिकार शेयरधारकलाई साधारण शेयरधारकलाई भन्दा पहिले कम्पनीको सम्पत्तिबाट भुक्तानी दिनुपर्छ । अग्राधिकार शेयरधारीले साधारणसभामा सामान्यतया मतदान दिने अधिकार पाउँदैन । अग्राधिकार शेयरलाई दिने लाभांश निश्चित गरिएको हुन्छ ।  अग्राधिकार शेयर पनि विभिन्न किसिमका हुन्छन् । परिवर्तनीय अग्राधिकार शेयर निश्चित वर्षमा साधारण शेयरमा परिवर्तन हुन्छ । नेपालमा एभरेष्ट बैंकले यस्तो शेयर जारी गरेको थियो । कुनै शेयर चाहिँ अपरिवर्तनीय हुन्छन् । कृषि विकास बैंकको भने अपरिवर्तनीय अग्राधिकार शेयर रहेको छ । यस्तो शेयर कम्पनी रहेसम्म रहन्छ । साधारणसभामा अग्राधिकार शेयरधनीलाई मतदान गर्ने अधिकार दिएको वा नदिएको आधारमा पनि अग्राधिकार शेयरको वर्गीकरण गर्न सकिन्छ ।  ऋणपत्र र म्युच्युअल फन्डलाई पनि साधारण शेयर सम्झेर आवेदन दिनको संख्या थुप्रै भएकाले यसबारे पूर्ण रूपमा सचेत पार्नु शेयर जारी गर्ने कम्पनीको पनि काम हो । नेपालमा लगानीका अन्य उपकरणहरू अझै आउन सकेका छैनन् । त्यस्ता नयाँनयाँ उपकरण ल्याउन आवश्यक देखिन्छ । त्यस्तै क्युमुलेटिभ र ननक्युमुलेटिभ अग्राधिकार शेयर पनि हुन्छ । कुनै वर्ष कम्पनीले अग्राधिकार शेयरधनीलाई तोकिएको लाभांश दिन सकेन भने त्यो लाभांश आगामी वर्षमा नाफा भएमा अघिल्लो वर्षको समेत जोडेर दिने व्यवस्था हुन्छ । यस्तो शेयरलाई क्युमुलेटिभ अग्राधिकार शेयर भनिन्छ । जुन वर्ष नाफा भएको हो, त्यही वर्ष मात्र लाभांश बाँडिने शेयर ननक्युमुलेटिभ अग्राधिकार शेयर हो । त्यसैगरी रिडिमेबल र इर्रिडिमेबल गरी अग्राधिकार शेयरको अर्को पनि प्रकार हुन्छ । निश्चित समयपछि साँवा रकम फिर्ता हुने अग्राधिकार शेयर रिडिमेबल अग्राधिकार शेयर हो । त्यस्तै कम्पनी रहुन्जेलसम्म रहने गरी जारी गरिएको अग्राधिकार शेयर इर्रिडिमेबल शेयर हो ।  यसैगरी कुनै अग्राधिकार शेयर कन्भर्टिबल, क्युमुलेटिभ र रिडिमेबल हुन सक्छ भने कुनै नकन्भर्टिबल, क्युमुलेटिभ रिडिमेबल हुन सक्छन् । त्यस्तै, कुनै अग्राधिकार ननकन्भर्टिबल, क्युमुलेटिभ र रिडिमेबल पनि हुन सक्छ ।  यस्तो अग्राधिकार सञ्चित लाभांश कम्पनी कुनै वर्ष घाटामा गएर लाभांश वितरण गर्न नसकेमा बाँकी रहेको लाभांश सञ्चित भएर आगामी वर्षहरूमा प्राप्त गर्ने व्यवस्था हुन सक्छ । यस्तो लाभांशलाई सञ्चित लाभांश भनिन्छ । त्यसैगरी कम्पनी विघटनमा गएर पूँजी फिर्ता गर्ने क्रममा अंकित मूल्य बराबर नै फिर्ता गर्नुपर्ने हुन्छ । सोही कारण अग्राधिकार शेयरमा अंकित मूल्य तोकिएको हुन्छ । आम्दानी र सम्पत्तिमा प्राथमिकता अग्राधिकार शेयरधनीले पाउँछन् । कम्पनी घाटामा गएमा पनि पूँजी फिर्ता गर्ने क्रममा साधारण शेयरधनीलाई भन्दा पहिलो प्राथमिकता अग्राधिकार शेयरधनीलाई हुन्छ । यस्तो शेयरलाई मिश्रित प्रतिभूति पनि भनिन्छ । किनभने अग्राधिकार शेयरमा साधारण शेयर र ऋणपत्र दुवैको विशेषता हुन्छ । नेपालको कम्पनी ऐनअनुसार अग्राधिकार शेयर रकम फिर्ता गरेमा वा फिर्ताको प्रस्ताव गरेमा उक्त शेयरको अंकित मूल्यबराबरको नयाँ शेयर जारी गर्न सक्ने व्यवस्था छ ।  अग्राधिकार शेयर पनि शेयरबजारमा सूचीकृत हुन्छ र कारोबार हुन्छ । यस्तोमा कुनै एक किसिमको शेयरमा लगानी गर्नुअघि लगानीकर्ताले यिनको फरक थाहा पाउनु जरुरी हुन्छ । जोखिम, धैर्य, लगानीको लक्ष्य आदिका आधारमा निर्णय लिनुपर्ने हुन्छ । कम जोखिम र निश्चित लाभ लिन चाहनेले अग्राधिकार सेयर लिनु उपयुक्त हुन्छ भने उच्च प्रतिफल खोज्ने र जोखिम लिन चाहनेले साधारण शेयर लिनु उपयुक्त हुन्छ ।  अग्राधिकार र साधारण शेयरबीचको भिन्नता बुझ्नु भनेको आफ्नो वित्तीय लक्ष्यहरू र जोखिम लिन सक्ने क्षमता बुझ्नु हो । त्यसैले केकस्तो उपकरणमा लगानी गर्ने हो त्यसबारे पर्याप्त अध्ययन जरुरी हुन्छ । अहिले नबिलले अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको छ । शेयरबजारमा धेरै लगानीकर्ता यस्तो शेयरबारे जानकार नहुन सक्छन् । ऋणपत्र र म्युच्युअल फन्डलाई पनि साधारण शेयर सम्झेर आवेदन दिनको संख्या थुप्रै भएकाले यसबारे पूर्ण रूपमा सचेत पार्नु शेयर जारी गर्ने कम्पनीको पनि काम हो । नेपालमा लगानीका अन्य उपकरणहरू अझै आउन सकेका छैनन् । त्यस्ता नयाँनयाँ उपकरण ल्याउन आवश्यक देखिन्छ ।