सरकारलाई आजपा अध्यक्ष साहको प्रश्न, लालबकैया सिंचाइ र मौलापुर ढल व्यवस्थापनको ठेक्का कहिले लाग्छ ?

काठमाडौं,८ जेठ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले बजेट निर्माण गर्नेबेला रातो किताबमा समेटिएका आयोजना आर्थिक वर्ष समाप्त हुनैलाग्दा विभिन्न व्यक्तिको मिलेमतोमा आयोजनाको रकम रकमान्तर गर्ने प्रवृत्ति बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै साहले  रौतहटको लालबकैया सिंचाइ आयोजना ५ वर्षदेखि रातो किताबमा पर्दै, करोडौं रकम छुटर्याउँदा […]