एमसीसी फिर्ता लैजान वामदेव गौतमको आग्रह

काठमाडौँ। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एमसीसी फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गरेका छन्। नेकपा एमाले परित्याग गरेका नेता गौतमले मंगलबार एक विज्ञप्ती जारी गर्दै एमसीसी फितौ लैजान अमेरिकासँग आग्रह गरेका हुन्। एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्यून नभएको भन्दै परियोजनालाई फिर्ता लान गौतमले आग्रह गरेका हुन्।