फागुन १५, काठमाडौँ । साताको पहिलो दिन आईतवार सुनको मूल्य घटेको छ ।
शुक्रवार १ हजार रुपैयाँले घटेको सुनको मूल्य आईतवार एकैदिन १४ सय रुपैयाँ घटपछि, नेपाली बजारमा सुन दुई दिनमा प्रतितोला २४ सय रुपैयाँ सस्तिएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार आईतवार सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँले कारोबार भएको छ । गत बिहीवार यो वर्षकै उच्च प्रतितोला ९९ हजार रुपैयाँ सम्म पुगेको थियो ।
त्यसैगरि, आईतवार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आईतवार ४० रुपैयाँले घटेर १ हजार सय २९५ रुपैयाँमा कारोबार भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ पनि घटेको छ । शुक्रवार १ अमेरिकी डलरको विक्रिदर १२१ रुपैयाँ ३५ पैसा रहेकोमा आईतबार १२० रुपैयाँ ३५ पैसा कायम भएको छ । डलरको मूल्य घटेसँगै नेपालमा सुनको मूल्य सस्तिएको हो ।