काठमाडौं : नेकपा एमालेको आन्तरिक विवाद मिलाउन आज पनि कार्यदलको बैठक बस्दैछ। बैठक विहान ११ बजे बस्ने माधव नेपाल पक्षका कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। दुई शीर्ष नेताबीचको भेटमा भएको छलफल अनुसार आज कार्यदलले सहमतिको खाका तयार पार्नेछ। नेता पाण्डेले आजको वार्ता निर्णायक हुनसक्ने पनि बताए। पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो बेलुकी होटल मेरियटमा २ घण्टा छलफल भएको थियो। ‘हिजो उहाँहरूबीच भएको कुराकानी सकारात्मक छ’, पाण्डेले थाहा