अमेरिकाद्वारा चीनलाई प्रविधिकाे बिक्रीमा कडाइ, एसियाका कम्प्युटर चिप निर्माता कम्पनीकाे शेयर मूल्य घट्यो

अमेरिकाले चीनलाई प्रविधिको बिक्रीमा प्रतिबन्ध लगाउन कडा नियमहरु घोषणा गरेसँगै एसियाका प्रमुख कम्प्युटर चिप निर्माताहरूको सेयर भाउ घटेको छ। अमेरिकाले चिनियाँ चिप निर्माताहरूले चिपहरू उत्पादन गर्न सक्ने उपकरणहरू आपूर्ति गर्न इजाजतपत्रको लागि आवेदन दिनुपर्ने व्यवस्थासहित शुक्रवार नयाँ नियम घोषणा गरेको थियो । अमेरिकाको घोषणापछि लगातार बिदा परेका कारण आज खुलेका ताइवान, दक्षिण कोरिया र जापानका शेयर बजारमा प्रविधि कम्पनीहरुको शेयर भाउ घटेको बीबीसीले जनाएको छ । ताइवानको चिपमेकर कम्पनी टी.एस.एम.सी को शेयर सात दशमलव सा...