कामना सेवा बन्यो डिजिटल वालेट सुरु गर्ने पहिलो विकास बैंक, यस्ता छन् विशेषता

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले  डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ ।  यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपलोड गरि वालेट सेवा प्रयोग गर्न सक्ने छन् ।  बैंकका प्रमुख  कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको सुभारम्भ गरेका हुन् । यस डिजिटल वालेटमा खाता खोल्ने, कर्जाको लागि आवेदन दिने, इन्टर अपरेवल क्युआर, एम क्यास लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेको बैंकले जनाएको छ। एपमा फेस रिकग्निसन, आर्टिफिसियल इन्टलिजेन्स जस्ता विशेषता रहेको बैंकले उल्लेख गरेको छ।काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा एटिएम मार्फत सेवा  प्रदान गरिरहेको छ ।