मंसिर महिना आधा बित्दै गर्दा मधेशका गाउँमा चिसो सुरु भएको छ । तर नजिकिदै गरेको चुनावले यहाँको माहोल झनै तात्न थालेको छ । खेत–खरियान देखि चिया पसलमा सबैतिर चुनावी चर्चा छ । भजन गुन्जने माइकबाट चुनावी गीत बज्न थालेका छन् । केटोकटीहरू रगंविरगंका पम्लेट र पर्चा बटुल्दै छन्। उम्मेदवारहरू घर दैलो धाउँदै छन् । सर्वसाधरण चुनावी हारजितको जोड घटाउ गर्दैछन्।