काठमाण्डाै – सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय नभएको जनाएको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धकाे महाभियोग प्रस्ताव जीवितै रहेकाे बताउनुभएको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा कार्कीले आउँदाे प्रतिनिधि सभामा जबराविरुद्धकाे महाभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिनुभयो ।
‘यो महाभियोग सार्वभौम सम्पन्...