बालविवाह अन्त्यका लागि जिल्लाका सरोकारवालाले ९ बुँदे साझा प्रतिबद्धता गरेका छन् । बालविवाह सामाजिक र कानुनी अपराध भएको तथ्यलाई मनन गर्दै कालीकोट जिल्लालाई २०८३ सम्ममा बालविवाहमुक्त उर्ने उनीहरूको प्रतिबद्धता छ । छिमेकी जिल्ला दैलेखको आठबीस नगरपालिका प्रमुख, उपप्रमुखसहित कालीकोटका ९ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखसहितका सरोकारवालाले बालविवाहले बालबालिकाको विकास, संरक्षण, शिक्षा र स्वास्थ्यमा प्रतिकूल असर परेको ठहर गर्दै साझा प्रतिबद्धता गरेको हुन् ।