नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्ली उडान तालिका कटौती गरेर भारतीय हवाई कम्पनीलाई दिएको छ । निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न आनाकानी गरेपछि प्राधिकरणले काठमाडौँ–दिल्ली उडान कटौती गरेको थियो ।निगमको मुुख्य आम्दानी हुने सेक्टरमध्येको रुट दिल्लीमा उडान कटौती भएपछि भारतीय हवाई कम्पनी भिस्तरा एयरले थप उडान अनुमति पाएको छ ।यसअघि दिल्ली–काठमाडौँ दैनिक एक उडान भर्दै आएको भिस्तरा एयरलाई प्राधिकरणले आउन