फौजदारी अभियोग लागेपछि स्वतः निलम्बन हुने व्यवस्था गराैँ : प्रदीप पाैडेल

रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भष्ट्राचार र फौजदारी अभियोग कानुनी विषय भएकाले यसलाई भावनात्मक बनाउन नहुने बताउनुभएको छ ।  नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आज आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा युवा नेता पौडेलले फौजदारी अभियोग लागेपछि पार्टीका सबै जिम्मेवारीबाट मुक्त हुने व्यवस्थाको कडाइका साथ पार्टीले पनि कार्यान्वयन गर्नुपर्ने बताउनुभयाे । उहाँले अभियोग लागेपछि छानबिन पूरा नहुँदासम्म पनि निलम्बन हुने वैधनिक व्यवस्था हुनुपर्ने बताउनुभयो । नेता पौडेलले सुन काण्डको प्र...