उपत्यकामा निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा: ५२७ मतदानस्थल, अतिसंवेदनशील कुनै छैनन्

काठमाडौँ – आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी पूरा भएको छ। काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको महानगरीय प्रहरी प्रवक्ता एसपी सन्तोष सिंह राठौरले बताएका छन्। उनका अनुसार आम निर्वाचनका लागि नेपाल पुलिसका तर्फबाट १० हजार सुरक्षाकर्मी काठमाडौँ उपत्यकामा खटाइएको छ। […]