दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि कांग्रेस सभापति चुनिएका हुन् ।दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । देउवाले २७ सय ३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८ सय ५५ मत पाएका छन् । […]