सरकार परिवर्तन भएपछि कर्मचारी सरुवा तथा बढुवा गरिएको छ । यसले यहाँ समस्या सिर्जना भएको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । प्रशासकीय अधिकृतविहीन अवस्थामा कामकारबाही अगाडि बढाउन निमित्त प्रमुख प्रशासकीय अधिकृत कनिष्ठ व्यक्तिलाई जिम्मेवारी दिएपछि विवाद चुलिएको हो ।प्रमुख प्रशासकीय अधिृकत सरुवा भएपछि ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा विवाद भएको छ । अन्य स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएपछि पदीय हिसाबबाट निमित्त प्रमुख प्रशासकीयको रूपमा