एटिसी–पाइलट अडियो संवाद चुहावटको अनुसन्धान सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटनामा परेका युएस–बांगला एयरलाइन्सको विमानका क्याप्टेन अबिद सुल्तान र विमानस्थलको ‘एयर ट्राफिक कन्ट्रोल’ (एटिसी) टावरका अधिकारीहरूबीच भएको श्रव्य (अडियो) संवाद चुहावट बारे छानविन हुने भएको छ ।