नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समितिले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र २०७९ को प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनौटका लागि प्रक्रिया अनुसार माइन्युटको फोटोसहित भदौ २० भित्र पठाइसक्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ । अध्यक्ष सरल सहयात्रीको अध्यक्षतामा भदौ १५ मा बसेको प्रदेश समिति कार्यालयको विस्तारित बैठकले भदौ १८ मा पालिका समितिको बैठक गर्ने, १९ गते प्रदेश र प्रतिनिधि निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठक बस्ने र २० गते जिल्ला समन्वय समि