सुपथ मूल्यका पसल माघीसम्म सञ्चालन हुने

काठमाण्डाै - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्यका पसल आउँदो माघीसम्म सञ्चालन गर्ने भएको छ।  कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गरेर गएको असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । तर पछिल्लो निर्णय अनुसार आउँदो माघ २ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको र त्यसैअनुसार परिपत्र गरेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले बताउनुभयो । कम्पनीले काठमाण्डौ उपत्यकासहित उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुराल...

सम्बन्धित सामग्री

चाडबाडलक्षित सुपथ मूल्य पसल कहिलेबाट ?

हरके वर्षजस्तै सरकारले चाडपर्वकेन्द्रित सहुलियत (सुपथ) मूल्य पसल यो वर्ष २१ असोजबाट सञ्चालन गर्दै छ । उपभोक्तालाई राहत दिन, आपूर्ति व्यवस्थापन सहज बनाउन र बजारमा हुन सक्ने मूल्यवृद्धि रोक्न सरकारी स्वामित्वका...

२१ असोजबाट सुपथ मूल्य पसल

हरके वर्षजस्तै सरकारले चाडपर्वकेन्द्रित सहुलियत (सुपथ) मूल्य पसल यो वर्ष २१ असोजबाट सञ्चालन गर्ने भएको छ । उपभोक्तालाई राहत दिन, आपूर्ति व्यवस्थापन सहज बनाउन र बजारमा हुन सक्ने मूल्यवृद्धि रोक्न सरकारी...

गुल्मीमा सुपथ मूल्य पसल सञ्चालन

काठमाडौँ – चाडबाडका समयमा उपभोक्ताको सहजताका लागि गुल्मीमा सुपथ पसल सञ्चालमा ल्याइएको छ । जिल्लाको मुसिकोट नगरपालिका–३ अन्तर्गत वडागाउँमा साना किसान कृषि सहकारी संस्था लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको हो । उपभोक्तालाई ठगी हुनबाट जोगाउन र सस्तो मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको सहकारीका प्रबन्धक विवेक पेमीले जानकारी दिए […]

सुदूरपश्चिममा छैनन् सुपथ मूल्य पसल

दसैँ सुरु भए पनि सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा आएका छैनन् । सरकारले दसैँ तिहारलाई लक्षित गर्दै हरेक वर्ष दसैँ सुरु हुनुभन्दा एकसाता अघि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भए पनि यस वर्ष कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन आउन सकेन । साल्ट्र ट्रेडिङ कर्पोरेशन धनगढी प्रदेश कार्यालयका निमित्त प्रमुख तेजबहादुर कुँवरले यस वर्ष साल्ट्र टे«डिङसँग नुनबाहेक अन्य सामान नहुँदा सुपथ मूल्य पसल सञ्चालनमा नआएको बताए । “सुदूरपश्चिममा कैलालीमा मात

सञ्चालनमा आएनन् सुपथ मूल्य पसल

दोधारा चाँदनी– दसैँ सुरु भए पनि सुदूरपश्चिममा सुपथ मूल्य पसल  आएका छैनन् । सरकारले दसैँ तिहारलाई लक्षित गर्दै हरेक वर्ष दसैँ सुरु हुनुभन्दा एकसाता अघि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भए पनि यस वर्ष कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन आउन सकेन ।  साल्ट्र ट्रेडिङ कर्पोरेशन धनगढी प्रदेश कार्यालयका निमित्त प्रमुख […]

कर्णालीमा सुपथ मूल्य पसल सञ्चालन

कर्णाली – दसैँ, तिहार र छठलाई लक्ष्य गरी कर्णलीमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ। सुर्खेतसहित कर्णालीका दसैँ जिल्लामा शनिबारदेखि सुपथ पसल सञ्चालन गरिएको हो। उक्त सुपथ मूल्य पसलको शनिबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उद्घाटन गरे। सो अवसरमा उनले सबै सरोकारवालाको समन्वयमा बजार अनुगमनलाई प्रभावकारी रूपले तीव्र पारिने बताए। रिजालले यस्ता सहुलियत मूल्य पसल […]

सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले भदौको तेस्रो सातादेखि सुपथ मूल्य पसल सञ्चान गर्ने भएको छ । दसैं, तिहार र छठलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना तयार गरेको छ । प्रत्येक वर्ष चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता […]

सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । चाडपर्व नजिकिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । सरकारले प्रत्येक वर्ष चाडपर्वमा खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको खपत बढी हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्ने गर्छ […]

सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनबारे अन्योलता

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सुपथ मूल्य पसल सञ्चालनमा अन्योलता देखिएको छ । सरकारले आजदेखि दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भने पनि यहाँ भने सञ्चालनमा आएका छैनन् । सुपथ मूल्य पसल सञ्चालनका लागि पत्र नआउँदा कहिलेदेखि सञ्चालनमा आउने भन्ने टुङ्गो नलागेको हो । विगत वर्षमा दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । चाडपर्वमा सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराइँदै

चाडपर्वलक्षित सुपथ मूल्य पसल एक असोजदेखि

सरकारले मुख्य चाड दसैं, तिहार र छठलाई लक्षित गरेर आगामी १ असोजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी १ असोजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्नका लागि तयारी गरिएको जानकारी दिएको छ । मन्त्रालयका सचिव दिनेश […]