माेतीपुर घटना : मृतकका परिवारलाई राहत दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले रुपन्देहीको मोतीपुरमा भएको घटनामा ज्यान गुमाएकाका परिवारलाई राहत दिने भएको छ । हिजो साेमवार बसेको मन्त्रिपरिषद् बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई राहत दिने निर्णय गरेको हो । गएको असोज २४ गते मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा प्रहरी र स्थानीयवासीबीच हुँदा चार जनाको ज्यान गएको थियो । घटनालगत्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रति परिवार पाँच लाख रुपैयाँ उपलब्ध गराउन केन्द्र सरकारलाई र एक लाख रुपैयाँ उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकारलाई सिफा...

सम्बन्धित सामग्री

थुनुवा मृत्यु प्रकरण : परिवारकाे प्रदर्शन, छानबिन समिति गठन

विराटनगर : प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु शंकास्पद भएको भन्दै मृतकका परिवार प्रदर्शनमा उत्रिएका छन्।शुक्रबार गाँजासहित पक्राउ परेका विराटनगर–११ का ३७ वर्षीय भीम कामतको मृत्यु भएको घटना आफन्तले रहस्यमय भएको बताएका छन्। घटनाबारे छानबिनका लागि उच्च स्तरीय समिति गठन गरिनुपर्ने, दोषी प्रहरीलाई कारबाही र मृतक परिवारलाई क्षतिपुर्ति दिनुपर्ने माग राख्दै सोमबार प्रर्दशन गरेका छन्।जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि उनीहरूले सडकमा टायर बालेर प्रर्दशन गर्दै छानबिन समिति गठन गर्न माग गरे

न्याय खोज्दै नवराज विकसहित अन्य मृतकका परिवार काठमाडौँमा, आन्दोलनको चेतावनी

रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवार तथा आफन्तहरुले सरकारसँग निष्पक्ष छानबिनसहित न्यायको माग गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी पीडित परिवार र उनका आफन्तहरुले न्याय नपाए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । हत्याकाण्डको नौ महिना बितिसक्दा पनि पिडित परिवारले न्याय नपाएको भन्दै सरकारसँग पुनःनिष्पक्ष छानबिन र न्यायको माग गरेका हुन् ।कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोक चन्द विश्वास विकले उक्त घटना